काठमाडौं । झापामा कोसी प्रदेश पूर्व मुख्यमन्त्री उद्धव थापा कुटिएका छन्। प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किंदै गरेका थापालाई नेपाल विद्युत प्राधिकरण झापाका ड्राइभरले कुटपिट गरेको प्रहरीले जनाएको छ।
बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका थापामाथि विद्युत प्राधिकरणका कर्मचारी सहितको समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनी माथि कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट थापाको आँखामा चोट लागेको छ।
विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद हुँदा हात हालाहहालको अवस्था आएको प्रहरीले जनाएको छ। पूर्वमुख्यमन्त्रीलाई हातपात गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ का भक्तबहादुर कटवाल र कनकाई–३ का पृथ्वी श्रेष्ठ छन्।
