काठमाडौँ । नेपालको सौन्दर्य व्यवसायमा एक ऐतिहासिक तरंग सिर्जना गर्दै देशका विभिन्न जिल्ला तथा शहरहरूबाट एक हजारभन्दा बढी ब्यूटिसियनहरू काठमाडौंमा भेला हुने भएका छन्। नेपालको नं. १ ब्यूटी एकेडेमीको रूपमा परिचित जूम ब्यूटी एकेडेमीले आगामी श्रावण १७ गते राजधानीमा एक भव्य निःशुल्क ब्युटि सेमिनार आयोजना गर्न लागेको हो।
प्रतिष्ठित सौन्दर्यकर्मी तथा एकेडेमीका संस्थापक निर्देशकहरू जुनु चक्रधर र कृशप त्वानाबासुको नेतृत्वमा सञ्चालित यस एकेडेमीले नेपालमा गुणस्तरीय सौन्दर्य शिक्षा र शतप्रतिशत करियर सफलताको प्रत्याभूति दिँदै आएको छ। सीप विकास र व्यावसायिक सचेतना अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ आयोजना हुन लागेको यो सेमिनार पूर्ण रूपमा निःशुल्क रहने आयोजकले जनाएको छ।
देशभरका ब्यूटिसियनहरूमाझ निकै उत्साह देखिएको यो कार्यक्रम काठमाडौंको बौद्धस्थित बौद्ध हेरिटेजमा भव्य रूपमा सञ्चालन हुनेछ। सेमिनारमा सहभागीहरूलाई सौन्दर्य क्षेत्रका नवीनतम प्रवृत्ति र प्रविधिबारे जानकारी गराइनेछ। कार्यक्रमका मुख्य आकर्षणहरूमा निम्न विषयमा विशेष लाइभ डेमोहरू समावेश छन् ।
-आधुनिक ब्राइडल मेकअप (Modern Bridal Makeup)
-अन्तर्राष्ट्रिय ट्रेन्ड अनुसारको रसियन हेयर स्टाइलिङ (Russian Hair Styling)
-नवीनतम नानो प्लेक्स हेयर ट्रिटमेन्ट (Nano Plex Hair Treatment)
सेमिनारमा सहभागी हुने प्रत्येक ब्यूटिसियनले जूम ब्यूटी एकेडेमीका तर्फबाट संस्थापकद्वय जुनु चक्रधर र कृशप त्वानाबासुद्वारा हस्ताक्षरित प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उनीहरूलाई आफ्नो व्यवसायलाई कसरी अझ विस्तार र सफल बनाउने भन्ने विषयमा महत्त्वपूर्ण मार्गदर्शन समेत प्रदान गरिनेछ।
यस वृहत् कार्यक्रमको मुख्य प्रायोजक “अमेय” रहेको छ भने “फोर्मे प्रो मेकअप स्टुडियो” ले सहयोगीको भूमिका निर्वाह गरेको छ। आयोजकका अनुसार, “यो केवल एउटा सेमिनार मात्र होइन, यो नेपालको सौन्दर्य क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने एक अभियान हो।” यस कार्यक्रमले नेपाली ब्यूटिसियनहरूलाई अन्तर्राष्ट्रिय स्तरको सीपसँग जोड्दै उनीहरूको व्यावसायिक भविष्य उज्ज्वल बनाउन कोशेढुङ्गा साबित हुने विश्वास लिइएको छ।
