काठमाडौं । आज चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ। पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार रुपैयाँ नाघेको हो। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकिएको छ। एकैदिन चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेको हो।
अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो। एक सातामै चाँदीको भाउले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ।
यसैगरी, नेपाली बजारमा सुनको भाउ पनि उच्च स्तरमा पुगेको छ। सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेर कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।
यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड रहेको छ।
