काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन मशान्तभित्र आउने भएको छ ।परीक्षा नियन्त्रण कार्यालयले (एसईई) को नतिजा साउन अन्तिमसम्ममा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
हाल जिल्ला जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आउने क्रममा रहेको र हालसम्म २५ जिल्लाबाट एसईई मूल्यांकनको रिपोर्ट आएको बताइएको छ ।
यो पनि समाचार: चर्चित लोक गायक बद्रि पंगेनी र खेम सेन्चुरीको उपस्स्थितिमा लोकप्रिय संचारकर्मी तथा गायक सम्भु कुँवर बैबाहिक जीवनमा बाधिएका छन केहि हप्ता अगाडी । लामो समय देखि रेडियो पत्रकारिता र कलाकारितालाई संगै अगाडी बढाउदै हाल स्टुडियो मलाश्रीको प्रबन्ध निर्देशक समेत रहेका कुँवरले गोरखा जिल्ला निवासी बिन्दा बजगाईंसंग बैबाहिक जीवनमा बाधिएका हुन्। शुभारम्भ डिजिटल म्युजिक प्रालिका संचालक समेत रहेका कुँवरले निर्माण गरेका अधिकंश दोहोरी गीतहरु चर्चामा छन। उनको बिहेमा चलेका नेपाली रास्ट्रिय कलाकारको पनि उपस्थिति थियो |
खेम सेन्चुरी, बद्रि पंगेनी, नेत्र अर्याल,अमृत सापकोटा, धुर्ब हिमाली, सबिन क्षेत्री, महेन्द्र भण्डारी, बिनोद भण्डारी लगायत थुप्रै कलाकार र संचारकर्मीको उपस्थिति थियो उनको बिहेमा | महामारीको कारणले गर्दा लक्डाउनमा उनले सिमित आफन्त र साथीहरुको उपस्थितिमा बिबाह सम्पन्न गरेका थिए | जहाँ खेम सेन्चुरी र बद्रि को खतरा दोहोरि र डान्सले अहिले बजार तताएको छ –
