हरेक मानिसले आफ्नो जिवनलाई सफल बनाउनको लागि शास्त्रीय नियमहरु मान्नु पर्ने हुन्छ । आज हामी तपाईलाई ज्योतिष शास्त्रले बताएअनुसार धन नोक्सान हुन बाट बचाउने केही उपायहरु बताउँन गइरहेको छौँ । जसको पालना गर्नाले तपाईले आर्जन गर्नु भएको सम्पति सजिलै र सुरक्षित साथ बचत गर्न सक्नुहुने छ । जसले तपाइलाई बिशेष लाभ पुर्याउने छ ।
१.यदि तपाई यस्तो समस्यामा हुनुहुन्छ भने तपाईले आफ्नो विस्तारा नजिकै एक लोटा दूध भरेर राखी बिहान उठ्ने बितिकै बरको फेदमा चढाउँनुस् यसो गरेमा तपाईले धन नोक्सान हुने समस्याबाट बच्न सक्नुहुनेछ । तपाईलाई अधिक धन कमाउन सक्ने अवसर मिल्नेछ ।
२. ज्यातिष शास्त्र अनुसार हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने गरेमा धन नोक्सान हुने समस्या बाट मुक्ति मिल्नेछ । सोमबार भगवान शिवको आराधना गर्ने गरेमा सोचेभन्दा धेरै धन कमाउन सकिने छ ।
३.धर्मशास्त्रले बताए बिहीबार शिवलिङगीमा हलेदोको डांठ चढाएमा आफुमा आइपर्ने हरेक बाधाहरु नाश भएर जाने बताइएको छ ।
४.शुक्रबारको दिन माता लक्ष्मीको पूजा गरि ॐ श्रीं नमःमन्त्र १०८ पटक जप गरेमा लक्ष्मी प्रशन्न हुने र धन लाभ हुने बताइएको छ ।
५.मंगलबारको दिन गणेशको पूजा गरि श्री गणेशाय नमः १०८ पटक जप गरि विधीपूर्वक गणेशको पूजा गरेमा सजिलै धन सञ्चय गर्न सकिने छ ।
