जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोन, अमेरिकाकी फस्र्ट लेडी जिल बाइडेनलगायतका भिभिआइपीहरुको ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुनका लागि टोकियोस्थित ओलम्पिक रंगशाला पुगेका छन् । केही बेरमै टोकियो ओलम्पिकको उद्घाटन सुरु हुँदैछ । सम्राट नारुहितोले १९६४ को टोकियो ओलम्पिकको उद्घाटन पनि रहेको थिए । तर, त्यतिबेला उनको उमेर केवल ४ वर्ष थियो ।
कोरोना भाइरस महामारीका कारण यसपटक दर्शक बिना नै ओलम्पिक खेलको उद्घाटन हुनेछ । ओलम्पिकका खेलहरु चलिरहँदा पनि दर्शकलाई रंगशालामा इन्ट्री हुनेछैन । ओलम्पिकसँग सम्बन्धित प्रतिनिधि र कर्मचारीले मात्रै रंगशालामा प्रवेश पाएका छैनन् । ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्टस्मा प्रतिस्पर्धा हुँदैछ । विश्वभरका झन्डै ११ हजार खेलाडीले आफ्नो चुनौती पेश गर्दैछन् ।
