सोयम घर्ती अहिले बाल्यअवस्थामा छन् ।तर यतिसानो बाल्य अवस्थामै उनका दुबै कानले सुन्न छोडेका छन् ।आफ्नोे छोरो भरखरै कोपिला लाग्दै गरेको र फर्किन बाकि नै रहदा यस्तो भइरहदा अहिले तिनै छोरोलाई यस्तो अवस्थाबाट निकाल्नको लागि भन्दै उनकै आमा सहयोग अपिल गर्दै मिडियासम्म आउनुभएको छ।
उनलाई आफ्नो आमा बुवा र स्वयमलाई आफ्नो यस्तो अवस्थाको बारे केही पनि थाहा छैन् ।
ती स-साना ओठहरुले बोल्ने त चाहा राख्छन् तर कानलेनै नसुनिसकेपछि के बोल्ने र कसरी बोल्ने भन्ने आकलन समेत ती साना बालकले गर्न सकेका छैनन् ।
ती बालकसगैका अरु बालकहरुले आमा बुवा भन्दै आफ्ना अबिभावकलाई सम्बोधन गर्दा आफुलाई साह्रै पी,डा हुने र आफ्नो छोरोलाई तिनिहरु जस्तो बनाउने चाहा हुदा पनि नसक्नुले आफुलाई हदसम्म दु,ख दिने बताउछिन् आमा ।
तिनै बालकको उपचारकै लागि भन्दै लाखौ खर्च गरिसकेको र लगभक १७ देखि २० लाख खर्च लाग्ने चिकित्सकले बताएपनि आफ्नो आर्थिक अवस्था निकै नै कमजोर भएकाले उपचार गर्न नसकिएको आमा बताउँछिन् ।
