चीनमा ब,लात्कारको आ,रोपमा पप गायक प,क्राउ परेका छन् ।
एक चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आ,शङ्कामा गिरफ्तार गरेको जनाइएको छ ।
एक विद्यार्थीले दुई वर्षअघि आफू १७ वर्षको हुँदा गायकले आफूमाथि ब,लात्कार गरेको आरोप यसै महिनाको सुरुमा लगाएकी थिइन्।
बीबीसीका अनुसार त्यसपछि कम्तीमा दुई दर्जन महिलाहरूले वुमाथि अनुपयुक्त व्यवहार गरिएको आ,रोप लगाएका छन्। तर वुले सबै आरो,प अस्वीकार गरेका छन्।
एक दर्जन विश्व प्रतिष्ठित ब्रान्डहरूले घटनापछि वुसँग आफ्नो व्यापारिका सम्झौता अन्त्य गरेको जनाएको छ।
पहिलो पटक आ,रोप लगाउने १९ वर्षीया विद्यार्थीले सामाजिक सञ्जालमा वुको घरमा आयोजित पार्टीमा आफूलाई बोलाएको र मदिरा सेवन गर्न दबाव दिएर ब,लात्कार गरेको बताएकी छन् ।
वुमाथि सात जना अरू महिलाले पनि सम्बन्ध राख्न बाध्य पारेको आ,रोप लगाएको जनाइएको छ।
