बागलुङको बागलुङ नगरपालिका—१० भकुण्डेमा दुई छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
आईतबार भकुण्डेमा पानी संकलनका लागि निर्माण गरिएको पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना युवा मृत भेटिएका छन् ।
भकुण्डेका मनबहादुर बुढाथोकीका ८ वर्षका छोरा एसल बुढाठोलकी घरदेखि सय मिटर पर धौलेचार भभन्ने स्थानमा पानी
संकलनका लागि बनाईएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उपचार गर्न धौलागिरि अस्पता बागलुङमा ल्याईएको र उनलाई अस्पतालले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त डिएसपी इकवाल हवारीले जानकारी दिए ।
बिहान ११ बजे बजे पौडी खेल्दा डुबेका उनलाई दिउँसो सवा एक बजे अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।
भकुण्डेकै चमचा भन्ने स्थानमा बस्ने २८ वर्षीय सागर थापाको पनि शव भेटिएको छ । शुक्रबार राति १० बजेदेखि हराएका उनको शनिबार साँझ घर भन्दा पाँच सय मिटर पश्चितर्फ पहिरे खोलाको बीच भागमा मृत शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
यो पनि पढ्नुहोस्
विर्तामोडमा अटो चालकको हत्या
झापा : झापाको विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । उनी अटो चालक हुन् ।
टाउको, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबाको हत्या गरेर भागेको प्रहरीसँग बताएका छन् ।
सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर उनको हत्या गरेको र त्यसपछि आफ्नो नौ वर्षीय छोरालाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी दिएकाले उनको खोजी भइरहेको प्रवक्ता थापाको भनाइ छ ।
