पछिल्लो १० दिनमा प्रदेश २ मा सवारी दु/र्घटनामा परी १४ जनाको मृ/त्यु भएको छ । असोज १ गतेदेखि १० गतेसम्म १४५ सवारी दु/र्घटना हुँदा १४ जनाको मृ/त्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यो अवधिमा दुर्घटनामा सबैभन्दा बढी मृ/त्यु सिरहामा भएको छ । यस अवधिमा सिरहामा ६ जनाको सवारी दुर्घ/टनामा मृ/त्यु भएको छ ।
यस्तै धनुषामा ३ जना, सर्लाहीमा २ जना तथा सप्तरी, रौतहट र बारामा १/१ जनाको मृत्यु भएको प्रदेश प्र/हरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाईंले जानकारी दिए ।
यो अवधिमा १४७ जना दु/र्घटनामा परी घा/इते भएका छन् । सबैभन्दा बढी रौतहटमा ३६ जना, सप्तरी र धनुषामा ३०/३० जना, सर्लाहीमा १६ जना, सिरहामा १४ जना, बारामा १० र पर्सामा ३ जना घाइते भएका छन् ।
सबैभन्दा बढी दु/र्घटना धनुषामा भएको छ । धनुषामा ३४ वटा दुर्घटना हुँदा सप्तरीमा ३२, रौतहटमा २४, सर्लाहीमा २१, बारामा १३, सिरहामा ११, महोत्तरीमा ७ र पर्सामा ३ वटा दु/र्घटना भएको छ ।
लागूऔ/षधसहित १९ जना प/क्राउ
१० दिनमा प्रदेशका जिल्लाबाट लागूऔषधसहित १९ जनालाई प/क्राउ गरिएको प्र/हरीले जनाएको छ । पर्साबाट १० जना, बाराबाट ४ जना, सर्लाहीबाट ३ र सप्तरीबाट २ जनालाई विभिन्न लागूऔषधसहित प/क्राउ गरिएको प्रह/रीले जनाएको छ ।
यस्तै यस अवधिमा १९ जना फरार भएकालाई प/क्राउ गरिएको प्र/हरीले जनाएको छ ।
सिरहा, धनुषा र पर्साबाट ४/४ जना, सप्तरीबाट ३ जना, महोत्तरीबाट २ तथा सर्लाही र रौतहटबाट १/१ जनालाई प/क्राउ गरिएको प्र/हरी प्रवक्ता एसपी प्रसाईंले बताए ।
