भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन।
उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएका हुन्। अनुपम खेरले मंगलबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजासमेत गरेका छन्।
Prayed at the ancient temple of #Pashupatinath ji in #Kathmandu, Nepal on behalf of everybody. Prayed for everyone’s good health & peace. This lord Shiva temple was built in 5th century!! Millions of devotees from all over come to pray here! Jai Bholenath!! 🙏🌻🌺🙏 #Shiva pic.twitter.com/5lT0vZ1QZE
उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ। सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा अमिताभ बच्चनले पनि अभिनय गर्ने बताइएको छ। अमिताभ पनि नेपाल आउने भारतीय मिडियाहरूले जनाएका छन्।
परिणीतिले फिल्महरू लेडिज भर्सेस रिक्की भेल, इसकजादे, शुद्द देशी रोमान्स, हँसी तो फसी, केशरी, मेरी प्यारी बिन्दु लगायतका फिल्महरूमा अभिनय गरेकी छिन्।
अनुपम खेरले सारांश, स्पेशल २६, अ वेनस्डेलगायतका दर्जनौं फिल्ममा काम गरेका छन्। उनी भारतीय टेलिभिजनमा टक शोसमेत चलाउँछन्।
त्यस्तै नेपाल आएका बोमन इरानीले चलचित्र थ्री इडियट्समा क्याम्पस प्रमुखका रूपमा वीरु सहस्त्रबुद्धेको भूमिका निभाएका थिए। उनले लगे रहो मुन्ना भाइ, डन टु र जोली एलएलबी लगायतका फिल्ममा काम गरेका छन्।
