बझाङको थलारा गाउँपालिकामा पहिरोमा परि बेप/त्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्र/हरी टोली फिर्ता भएको छ।
यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परि दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको मात्र श/व फेला परेको छ।
दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि श/व नभेटिएपछि प्र/हरीले खोजी कार्य बन्द गरेको छ।
घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो। प्रहरी नायव उपरीक्षक रूपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए।
‘जिउँदै होलान भन्ने आशा छैन। अब भेटिने सम्भावना नदेखेर प्र,हरी टोली फर्केको छ’, उनले भने। आवश्यक प्रक्रिया पुर्याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।
