सल्यानमा आइतबार भएको बस दुर्घटनामा परि १२ जनाको मृ’त्यु भयाे । ‘मृत्यु हुनेमा १० महिला र २ जना पुरुष छन् ।
सल्यानको जयतपानीबाट दुलधारा, खलंगा, श्रीनगर हुँदै दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आइतबार बिहान पौने ११ बजेतिर दु’र्घटना भएको हो ।
दु’र्घटनामा परि २८ जना घा’इते भएका छन् । ८ जनालाइ उपचारका लागि आइतबार नै हेलिकप्टरमार्फत नेपालगन्ज लगिएकाे छ । ज्या’न गु’माउने १२ जनामध्ये ६ जना सल्यान र ६ जना दाङका हुन् । ति मध्ये ज्यान गुमा’उने एक थिए तिलक वली !तिलककाे घर सल्यानकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहखाेला गाैरेमा पर्छ । उनले भर्खरै फार्मेसी पढेर सकाएका थिए ।
दाङमा काेठा लिएर बस्ने उनि केहि दिन अघि तिहार मान्न घर आएका थिए । उनले दाङबाटै बिहे गरेका छन् । तीन महिना अघि मात्रै उनकाे छाेरी जन्मिएकी थिइन् । श्रीमती तिहार मान्न माइत (दाङ) भएकाले उनि श्रीमती ल्याउने भनेर आइतबार बिहान घरबाट हिडेका थिए ।
बिहानै गाउँबाट श्रीनगरसम्म एउटा रिजर्भ गाडी जान लागेकाेले उनि त्यहि गाडीमा हिडे । ‘घरमा आमाले खान पकाउनु भएकाे रहेछ । उनि हतारमा भएकाेले खानै नखाएर हिडेका थिए ।’
तिलकका एकजना आफन्तीले ,’झाेलामा भने बहिनीले बाटाेमा खानलाइ तिहारकाे काेसेली राखिदिएकी थिइन् ।’
श्रीनगरसम्म रिजर्भकाे गाडीमा गएका उनि श्रीनगर पुगेपछि अंकलकाे हाेटेलमा एकछिन बसेका थिए । जयतपानी, खलंगा हुँदै श्रीनगर आएकाे बस देखेपछि उनले गाडी छुट्छ अहिले खान खाना भ्याइदैन भन्दै बसमा बसेका थिए ।
ती आफन्तीकाअनुसार दाङ बस्दा काेठामा पकाएर खाने अन्य खानेकुरा आमाले लैजा भन्दा तिलकले आफु धेरै दिन दाङ नबस्ने र केि दिन भित्रै घर फर्किने बताएका थिए ।
फार्मेसी पढिसकेका तिलकले दाङमा एउटा अस्पताल खाेल्ने तयारीमा थिए । श्रीमती र आफु उक्त अस्पताल चलाएर जिविकाेपार्जन गर्ने साेचेका तिलककाे घरमा आमा-बुबा र भाइबुहारी छन् । घरकाे सबै जिम्मेवारी उनकै काँधमा थियाे ।
अमेरिका जाने तयारीका साथ दुवैमा पुगेका उनका भाइ भने यता दाइकाे मृ’त्यु भएकाे खबर थाहा पाएपछि दुवैबाट फिर्ता भएर आउन लागेका छन् । भाइ आएपछि दाहासंस्कार गर्नेगरी तिलककाे श’व अहिले जिल्ला अस्पताल सल्यानमा राखिएकाे छ ।
