नेपालमा थप २२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २२० जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा ४ हजार १४१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
२ हजार ७२५ जनाको पिसिआर परीक्षण र १४१६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन्।
२६३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसको संक्रमणबाट १ को मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा १२९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८९, ललितपुरमा ३३ र भक्तपुरमा ७ संक्रमित छन्।
