काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको क्रममा प्रचारप्रसारमा रहेका काठमाडौं महानगरमा एमाले मेयर उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ। उनीहरूबीच चुनावी प्रचारप्रसारका क्रममा भेट भएको हो।
आइतवार भेटमा दुवै उम्मेदवारले एकअर्कालाई शुभकामना दिँदै अंकमाल गरेका छन्। भेटमा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार रहेकी सुनिता डंगोल पनि थिइन् ।
