डाेटीकाे बाेगटान फुड्सील गाँउपालिका वडा नम्बर १ काे मतगणना सकिएकाे छ ।
११८७ मत खसेकाे वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रले अग्रता लिएकाे छ । नेकपा माओवादी केन्द्रकाबाट कलम गड्सीलाले ४२० मतका साथ अग्रता लिएका छन् ।
त्यसैगरी नेकपा एमालेका हस्त बहादुर बुढा ४११ मतका साथ दाेस्राे र २९२ मतमा साथ नेपाली कांग्रेसका दिल बहादुर बम तेस्राे स्थानमा रहेका छन् । वडा नम्बर १ मा भने नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार खेम मगरको टिम नै विजयी भएको छ ।
