काठमाडौंः तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ। तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ। ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको छ।
‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ। बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ। उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ।
