काठमाडौं । पदका लागी मरिहत्ते गर्ने आजको राजनितिक भिडमा एउटा भिन्न परिचय बनाएर आस्था र निष्ठामा बाँचेको एउटा अग्लो मान्छे प्रदिप गिरि अब भौतिक संसारबाट अलग भएका छन् । गिरिको भौतिक शरिरले छोडेर गए पनि उनले नेपाली समाजमा छोडेका विशिष्ट सम्झनाहरु सदैव जीवित रहनेछन् ।
पार्टीले नेपाली कागेसका नेता भए पनि कम्युनिष्टका पनि अती प्रीय थिए प्रदिप गिरी । फरक पार्टीका आस्था राख्नेहरुका विचमा पनि प्रदिप कति मुटुमा रहेछन् भन्ने उनको निधन पछि पनि देखिएको छ । कम्युनिष्ट पार्टीका व्यक्तिहरुले पनि गिरीको निधनमा गहिरो शोक व्यक्त गरिरहेका छन् ।
समाजवादी चिन्तक र अध्ययताको रुपमा विशाल परिचयको धरोहर बनाएर गिरी अस्ताएका छन् । आफ्नो आस्था र निष्ठामा अविचलित, पार्टीको नेता भएर पनि पार्टीको साँघुरो घेरा माथी उठेर गिरीले जुन जीवन बाँचे त्यो शब्दले कैद गर्न सक्ने भन्दा माथिल्लो स्तरको प्रशंसनिय जीवन बाँचेका थिए ।
नेता काग्रेसको तर कम्युनिष्टको मार्सवादको सिद्धान्तमा गहिरो अध्ययन भएको नेता थिए गिरी । कतिपयले त नेपालमा मार्सवाद पढेको प्रदिप गिरी जत्तिको मान्छेनै कोही छैन भनेर पनि भन्दछन् । कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई कयौँ प्रशिक्षणहरु समेत उनले दिएका थिए ।
पदका लागी कत्ति पनि आशक्ति नदेखाएका नेताका रुपमा उनी चिनिए । मन्त्री पद भन्दा सँधै उनले आफुलाई एक कोष टाढा राखिरहे । आफ्नै पार्टीका पनि नराम्रा कुरालाई खुलस्त रुपमा आलोचना गर्ने र फरक पार्टीकै पनि राम्रा कुरालाई समर्थन गरेर सार्वजनिक रुपमै बोल्न सक्ने फराकिलो छात्ती थियो उनको ।
भारतका चर्चित समाजवादी चिन्तक डा।राममनोहर लोहियाका विचार र चिन्तनबाट प्रभावित गिरी नेपाली राजनीतिमा एउटा राजनीतिज्ञ मात्रै थिएनन् । उनले आफूलाई एउटा विचारक, दार्शनिक र त्योभन्दा धेरै समाजवादी चिन्तकको रुपमा स्थापित गरेका थिए । धेरैले उनलाई उनलाई गान्धीवादी समेत भन्छन् ।
लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरे पनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई कम्युनिष्ट राजनीतिक दर्शन बोक्ने नेता र दलहरुले पनि उत्तिकै सम्मान गर्छन् । त्यसो त उनले कम्युनिष्ट नेता कार्यकर्ताका अघिल्तिर उभिएर कम्युनिष्ट विचार र दर्शनको ज्ञान समेत बाँडे । जीवनभर कांग्रेसको राजनीति गरेका उनलाई पार्टीभित्र नेताहरुको नेपालमा कम्युनिष्ट फैलाउन सघाएको आरोप समेत लगाउँथे ।
एकदमै साधारण र एकांकी जीवनशैलीमा रमाउने गिरी पटक–पटक कांग्रेसको केन्द्रीय सदस्य भए, सांसद भए । तर, उनी न कहिल्यै पार्टीको नेतृत्वमा जान चाहे, न मन्त्री, प्रधानमन्त्री पदको लोभ देखाए । उनले जीवनभर काठमाडौंमा आफ्नै घर बनाएनन्, बरु डेराको जीवन बाँचे ।
उनलाई लामो समय आफ्नै घरमा बसाएकामध्ये एक पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले गिरीलाई असंगठित र घरबारमा रुचि नभएजस्तो व्यक्ति भनेका छन् । ुकाठमाडौंमा प्रायः भाडावालकै रूपमा रहनुभयो । समयमा भाडा नतिर्ने वा आफूसँग भएको बेला भने घरबेटीलाई जति पनि पैसा दिने स्वभाव उहाँमा थियो । तर, भाडा तिरेको वा बाँकी रहेको हिसाब नराख्ने । घरबेटीले महिनौंमहिनाको बिजुलीको बिल, पानीको बिल के–के जोड्छस अधिकांशतः हिसाब मिलिरहेको हुँदैनस प्रदीपजी ‘मैले सबै भाडा चुक्ता गरिसकेको छु’ भन्ने, घरधनी भने विवादमा उत्रिरहने,’ उपाध्यायले लेखेका छन् ।
उनले गिरीबारेको अघि लेखेका छन्, ुसधैंको त्यस्तो कचकच देखेर मैले ‘होइन प्रदीपजी, मेरो त्रिपुरेश्वरको घरमा बस्नुहोस्’ भनें र २०५० सालपछि करिब ८–१० वर्ष उहाँ मकहाँ नै बस्नुभयो । कहिलेकाहीँ किशुनजीले मलाई भन्नुहुन्थ्यो, ‘बाबु, प्रदीपलाई लगेर आफ्नो घरमा त राख्यौ तर यो त जोगी हो, तिमीलाई पनि जोगी बनाउला नि १’ कांग्रेसका कतिपय नेताहरुले गिरीको राजनीतिक स्वभाव किसुनजीसँग मिल्दो भनेर चिनाउँछन् ।
नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाकासमेत सहयात्री हुन् । गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक उठबस थियो । गिरीले २०२४ सालमै बनारसमा नेपाल छात्र संघको चुनाव जितेका थिए । सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।
संसदीय राजनीतिमा भने गिरी २०५१ सालपछि मात्रै सत्रिय भए । उनले २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । ०५६ मा भने उनी पराजित भए । २०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनी समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न भए ।
२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने गिरीले सिरहा क्षेत्र नं। १ बाट चुनाव लडे । बाम गठबन्धनका बीच पनि उनले चुनाव जिते । उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य थिए । संसद्मा मधेशी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर बोल्ने नेता गिरी मधेस आन्दोलनको भाष्य निर्माण गर्ने नेतामध्ये पर्छन् । मधेसी जनताको भावनालाई नजिकबाट बुझेका उनले संविधान निर्माणमा भूमिका खेलेपनि २०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर भने गरेनन् ।
अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।राजनीति गर्ने, तर जिम्मेवार पदमा नबस्ने नेता गिरी भूमिका पाउने डरले भाग्ने गर्थे । ०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा गिरीलाई जिताउन सिरहा पुगेका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले खुला सभामै भनेका थिए, ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म उहाँलाई शक्तिशाली मन्त्रीसहित प्रधानमन्त्री बनाउँछु ।’
तर, चुनाव नै हारेपछि गिरीको अनौठो प्रतिक्रिया चर्चित भएको थियो । त्यो बेला गिरीले भनेका थिए– ‘मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो, म किसुनजीको आग्रह टार्न सक्दिनथेँ । तर भगवानले चुनाव हराएर त्यो अवस्थाबाट मुक्त गरिदिए ।’
चार पटक सम्म सांसद बनेका गिरीलाई ०६२र६३ पछि मन्त्री पदका अफर पाए । तर, स्वीकारेनन् । खास उनी मन्त्री बन्नबाट भाग्नुको कारण भने स्वतन्त्रता गुम्छ भन्ने डर रहेछ । उनी भन्थे– ‘मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ । मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफु सकिने डर हुन्छ ।’
प्रदिप गिरीको बारेमा राजिनितीक विश्लेषक डा सुरेन्द्र केसीले ओटिभी नेपाल डटकमसँग स्मरण सुनाएका छन् तत्कालिन प्रधानमन्त्रीले भोली पराष्ट्रमन्त्रीको सपथ खान तयारी गुर्न भनेका थिए तर गिरी भने मन्त्री बन्नु पर्ला भनेर रातिनै टाप कसेर दिल्ली पुगेका थिए ।
