काठमाडौं । पल शाहलाई अढाई वर्ष जेल सजाय हुने भएको छ । नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोग मुद्दामा अढाई वर्ष जेल सजाय हुने फैसला गरेको हो ।
जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् ।
न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् ।
नाबालिग गायिकाले अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।
