शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिटमाथिको सुनुवाइका क्रममा बुधबार प्रधानमन्त्रीका कानुन व्यवसायी एवं सरकारी वकिलहरूले बहस गरे । यस क्रममा केही वकिलले अदालत धाइरहने प्रवृत्तिले लोकतन्त्र समाप्त हुने तर्क गरे । कतिपयले राष्ट्रपतिले गरेको कामबारे अदालतमा प्रश्न उठाउन नमिल्ने जिकिर गरे
प्रधानमन्त्री केपी ओलीले उपधारा (४) को प्रक्रिया पूरा नगरिकन उपधारा (५) मा गएको विषयलाई पनि सत्ता पक्षका वकिलहरूले जायज ठहर्‍याउने प्रयास गरे ।

