ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् ।
सहर कार भएकालाई मात्र नभइ सबैका लागि निर्माण गर्ने यालको (ललितपुर) प्रयासलाई सबैले प्रशंसा गरेका छन् । सहरको आत्मा मार्दै साँझ–विहान फुटपाथ व्यापार हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ’, उनले उल्लेख गरेका छन् ।
उनले ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट अभिने बताएका छन्। उनले मंगलबार ३ बजेदेखि उभिने बताएका हुन्।
यसअघि काठमाडौँ महानगरपालिकाविरूद्ध राष्ट्रिसभा गृहअगाडि ११९ घण्टा उभिएर विरोध जनाएका अभियान्ता ईः र महानगरपालिकाबिच असोज १० गते तीन बुँदे सहमति भएको थियो ।
