काठमाडौ । महाकाली नदीमा डुबेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ। नदीमा डुबेकी अर्की किशोरी बेपत्ता छिन्।
शिवनाथ गाउँपालिका–१ कुस्मौता गडामुखस्थित महाकाली नदीमा बेपत्ता भएका दुई किशोरीमध्ये एक जनाको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
शिवनाथ गाउँपालिकाको स्वाला बस्ने १३ वर्षीय रजनी चाड र १२ वर्षीया अस्मिता चाड शनिबार महाकाली नदीमा नुहाउन क्रममा बेपत्ता भएका थिए।
बेपत्ता किशोरीहरुको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कुस्मौताघाटबाट खटिएको टोलीले खोजी गरेको थियो।
खोजीका क्रममा रजनीको शव फेला पारेको प्रहरीले जनाएको छ। अर्की किशोरीको खोजी कार्य जारी छ।
