काठमाडौँ । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरू भएको छ। बैठक सुरू हुनेबित्तिकै सांसदहरूले बोल्न समय माग गरेका थिए।
लाइभ :
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद शंकर भण्डारीलाई बोल्न समय दिए। उनले देशभर बाढीपहिरोले क्षति पुगेको विषय उठाएका छन्।
त्यसपछि सांसद दामोदर पौडेल बैरागी बोलेका छन्। उनले देशभर बाढीपहिरोले क्षति पुर्याइरहेको र मुलुकमा सरकार नै नभएको अवस्था रहेको दाबी गरेका छन्।
लाइभसांसदहरू बोलेपछि शुक्रबारकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डु ले विश्वासको मत प्रस्ताव पेस गर्ने तयारी छ।
एमाले र जनता समाजवादी पार्टीलगायतले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वास मत लिन लागेका हुन्।
