२० असार, चितवन । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ ।
आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले अनलाइनखबरलाई बताए ।
भण्डारीको अपहरण भएको भन्दै प्र/हरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन् ।
घ/टनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो ।
प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्र/हरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो । उनी बेपत्ता भएपछि फिराैती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन ।
प्र/हरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन । केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन ।
तर आइतबार उनको शव भेटिएपछि घ/टनाले नयाँ मोड लिएको छ । चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ । ‘अहिलेलाई घ/टनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उनले भने ।
जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्र/हरीलाई खबर गरेका थिए । वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको शव फेला परेको छ । प्र/हरीका अनुसार श/व पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ ।
भण्डारी असार ११ गते विहान ६ बजे साथीको घर जाने भनेर हिंडेकी थिइन् । उनी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे आफ्नी दिदीलाई फोन गरेर अपहरणमा पारेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
एक सातादेखि प्र/हरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले घ/टनाको अनुसन्धान गरिरहेको छ । ‘हामीले घ/टनाको दिनदेखि नै खोजी गरेका थियौं, सिआइबीको टोली पनि भण्डारामा आएर घ/नाको सुक्ष्म अनुसन्धान गरिरहेको थियो’ एसपी अधिकारीले अनलाइनखबरसँग भने, ‘खैरहनीका इन्सपेक्टरको टोली काठमाडौंमा गएर पनि केही कुरा बुझिरहेको थियो, तर युवतीको श/व भेटिएको एकाएक खबर आयो ।’
