काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले आर्थिक रूपमा कमजोर भएका दुई बिरामीको निशुल्क उपचार गरीदिने भएका छन् । सांसद शर्माले सर्लाही जिल्ला क्षेत्र नम्बर १ घर भएका २ नाबालकको निशुल्क उपचार गर्ने बाचा गरेका हुन् ।
बिरामी परेर थलिएका दुबै छोरोलाई लिएर सर्लाहीकी पुनित्ता मिस्त्री सांसद शर्मालाई भेट्न उनकै निवास सिनामगंलमा पुगेकी थिइन् ।
मिस्त्रीले छोराको उपचार गर्न आफुसँग एक पैसा पनि नभएको सांसद शर्मालाई सुनाएपछि उनले उपचार गरीदिने बाचा गरेका हुन् ।
मिस्त्रीसँगै सर्लाही क्षेत्र नं. १ का सभापति हरि लुंगेलि मगर ,महासमिति सदस्य योगराज देवकोटा ,मधेश प्रदेश कार्य समिति सदस्य तथा स्वास्थ्य बिभाग प्रमुख शर्मिला थापा पनि सांसद शर्मालाई भेट्न गएका थिए ।
सर्लाही जिल्लाका चारवटा क्षेत्रमा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज (केएमसी)को सहयोगमा गत आसोज ३ गते देखि निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको थियो।
उक्त सिविरको मुख्य उद्देश्य स्थानीय जनतालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउनु र कठिन आर्थिक अवस्थामा रहेका बिरामीहरूलाई उपचार प्रदान गर्नु रहेको सांसद शर्माको सचिवालयले जनाएको छ ।
स्वास्थ्य सिविरमा ठूलो संख्यामा स्थानीय नागरिकले चेकजाँच गराएको र उपचार समेत गरीएको बताइएको छ ।
आर्थिक रूपमा कमजोर र चिकित्सकीय उपचारका लागि विशेष सहयोगको आवश्यकता भएका केही व्यक्तिहरूलाई थप सहयोग प्रदान गर्नको लागि सांसद शर्माले व्याक्तिगत रुपमा समेत पहल चालेका छन् ।
