काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको ड्याम फुट्दा बेपत्ता भएका चालकलाई सशस्त्र प्रहरीको गोताखोर टोली सवार र्याफ्टिङ बोट दुर्घटना भएको छ। बिहीबार र्याफ्टिङ बोटमा सवार ७ जना सुरक्षित रहेका छन्। बोट पल्टिएपछि नदीमा परेका मध्ये ५ जनालाई बाहिर निकालिएको र २ जना नदीमा बोटमा रहेकाले निकाल्ने प्रयास भइरहेको छ। त्यस्तै एक जना प्रहरी सामान्य घाइते भएका छन्।
वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको बाँध बगाउँदा आयोजनामा कार्यरत दुईजना मंगलबार बेपत्ता भएका थिए। आयोजनाको मुहानमा रहेको १७ नम्बरको बाँध बगाउँदा आयोजनामन कार्यरत इन्जिनियर २६ वर्षका शतिश बैध र गाडी चालक राधाकृष्ण थापा बेपत्ता भएका थिए। जसमध्ये बैधको भने बुधबार शव भेटिएको थियो भने थापा अझै बेपत्ता छन्।
आयोजनाको काममा गाडीमा सवार उनीहरूलाई बाँध फुटेपछि बढेर आएको पानीले करिब साँढे साढे १२ बजे गाडी सहित बगाएको थियो। बगाउँदा घाइते भएका इन्जिनियर शेखर खनाल र सर्भे असिस्टेन्ट पेम्बा दोर्जे तामाङको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार गरिएको थियो।
