जंगलमा जीवन बिताउने राम्रो संग नेपाली बोल्न पनि नजान्ने राउटे युवती सम्झना राउटे र गाजलु राउटेलाई ललाइ फकाइ होटलमा लगि मादक पदार्थ सेवन गराइ यौन दुराचार गरेको फोटो र भिडियो ले अहिले सामाजिक संजाल तताएका छ्न ।
जेठ २३ गते आइतबार बिहान उक्त भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिन संजाल टिकटक,युट्युव र फेसबुकमा निकै नै भाइरल बन्न पुग्यो।
उक्त भिडियो सार्वजनिक भए पछि निकै दवाव बढेका कारण भिडियोमा देखिएका गुर्वाकोट नगर पालिका ३५ वर्षीय डोमन बहादुर घर्ती,२४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटेल साहु बिनोद पुन लाई प्रहरी ले प्रकाउ गरेका छ्न।
अहिले उनिहरु प्रहरी हिरासतमा नै रहेका छ्न।उनिहरुले राम्रो कपडा किनिदिने साथै पैसा पनि दिन्छु भनी लालचमा पारी गाजलु राउटे र सम्झना लाई होटल लगेको खुल्न आएको छ।
राउटे समुदायका युवतीहरुमाथि भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको छ ।
राउटेहरुको आफ्नै नियम कानुन हुने र त्यो निकै कडा हुने भएकाले युवतीहरुको ज्यान जोखिममा परेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । यस अघि पनि ति युवतीहरु नजर बन्दमा परिसकेका कारण उनीहरुको ज्यान थप जोखिममा देखिएको छ।
