प्रधानमन्त्री शेरबहादुर देउवालाई मित्र राष्ट्रहरू भारत र अमेरिकाले बधाई दिएका छन्।
काठमाडौंस्थित अमेरिकी राजदूत र्याण्डी बेरीले देउवाको सपथ सकिनासाथ सामाजिक सञ्जालबाट देउवालाई बधाई दिएका थिए।
उनले मंगलबार राति नै देउवालाई फोनसमेत गरेका थिए।
सामाजिक सञ्जालमा राजदूत बेरीले लेखेका छन्- नेपालस्थित अमेरिकी मिसनको तर्फबाट नवनियुक्त प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
