राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिने भएका छन । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजे बोलाइएको छ ।
बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।
त्यस्तै वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरू प्राप्त संशोधनहरू प्रस्तुत हुने र सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ। आजै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ।यता राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बैठक छोडेर बाहिरिएको घटनाले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। विपक्षी दलका नेता र सांसद मात्र होइन संविधानका जानकारले समेत प्रधानमन्त्रीले उक्त कदम अशोभनीय रहेको टिप्पणी गरेका छन्।आफ्नै सरकारले ल्याएको आगामी वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम पूरै नसुनी प्रधानमन्त्री केही समय हराएका थिए।
