धनगढी : नेकपा (एकिकृत समाजवादी) सुदूरपश्चिका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्। पूर्वमन्त्री, सुदूरपश्चिमका मन्त्री, र नेताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न लाइन लागेर गएका छन्।
समाजवादी सुदूरपश्चिमका इञ्चार्ज मदन कुमारी शाह (गरिमा), अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री भानुभक्त जोशी, सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, नेताहरु रामकुमार ज्ञवाली, शेरबहादुर कुँवर, दिनेशचन्द्र सुवेदी उनलाई भेट्न गएका हुन्।
