धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख दुवैले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। नगर प्रमुख नृपबहादुर वडले दलित खुलातर्फ र उपप्रमुख सुशीला मिश्र ‘भट्ट’ले महिलातर्फ उम्मेदवारी घोषणा गरेका हुन्। बिहीबार नगर प्रमुख वडले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरे भने उपप्रमुख मिश्रले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेका हुन्।
केही दिनअघि सम्पन्न कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचनमा मेयर वड कैलाली निर्वाचन क्षेत्र नम्बर–५ बाट सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। मेयर वड देशभरका उप–महानगरपालिकामा दलित समुदायबाट स्थानीय तहको नेतृत्व गर्ने एक मात्र प्रतिनिधि हुन्।
