काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित मोहन बस्नेत चुनावमा गरिएका वाचाहरु पूरा गर्न अगाडि सरेका छन् । चुनावी अभियानका क्रममा जाहेर गरेका प्रतिबद्धताहरु निष्पक्ष रुपमा पूरा गर्दै समस्या समाधान गर्ने उद्देश्यले बस्नेतले जिल्लामा अभियान थालेका हुन् ।

बस्नेतकै पहलमा शुक्रबार सडक डिभिजन कायालय चरिकोटका प्रमुख सहितको प्राविधिक टोलीले सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा पुगेर अध्ययन गरेको छ । सिन्धुपाल्चोक २ (ख) का कृष्ण कुमार तामाङ, मेलम्ची नगरपालिकाका मेयर आईतमान तामाङको टोली मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका जोड्ने बेलिबृज निर्माण गर्नका लागि अनुरोध गरेका थिए ।
उक्त टोलीले आजै फट्टे हुँदै दुवाचौर, बासखर्क, सेर्माथान लगायतका विभिन्न ठाउँहरुलाई जोड्ने मोटरेवल पुल र तालामाराङ्ग बाट दुवाचौर हुँदै विभिन्न ठाउँहरुलाई जोड्ने मोटरेवल पुलको सर्वेको काम सम्पन्न गरेको छ ।
बस्नेतले छिट्टै हेलम्बु गाउँपालिकाको तिम्बु र नाकुते लगायतका क्षेत्र हरुलाई जोड्ने मोटरेवल पुल र चौतारा साँगाचोकगढी नगरपालिकाको स्याउले र ईन्दावती गाउँपालिकाको सिम्पाल काभ्रे लगायतका क्षेत्र हरुलाई जोड्ने पक्की पुल निर्माणको डिपिआर गराई टेन्डरको प्रक्रिया अगाडी बढाइने बताए ।




