टिकटकमा भाइरल छन् गोपाल कृती र उनकी पत्नी नमु न्यौपाने । उनीहरुको टिकटकमा भएका भिडियो कलाकारहरुले पनि निकै मन पराएका छन् । अत्यन्त फरक शैलीमा उनीहरुले भिडियो बनाउँछन् । उनीहरुले बनाएका भिडियो खिच्ने उनीहरुकै छोरी हुन् ।
गोपाल लामो समयदेखि रंगमञ्चमा काम गरेका कलाकार हुन्। मोफसलमा सडक नाटकहरू गरिरहने उनले २०६४ सालमा काठमाडौंको गुरुकुलमा एक महिना र मण्डला नाटकघरमा एक हप्ता अभिनय तालिम लिएका थिए। उनीहरुको प्रेम विवाह हो । गाईघाट, उदयपुर घर भएका उनको पूरा नाम गोपालकृष्ण तिमल्सिना हो। त्यही नाम छोटकरी बनाउँदै उनले गोपाल कृति बनाएका हुन्। उनी ४८ वर्षका भए, श्रीमती नमु ४० वर्ष।
गोपाल र नमुले ०५४ सालमा प्रेम विवाह गरेका हुन्। गाउँमा खोलिएको शिखर युवा क्लबु मा सँगै काम गर्दा दुईको सम्बन्ध नजिकिएको थियो। गोपालले अँध्यारो उज्यालोु, क्रमशः, अबोध क्रन्धनु, पछुतोु लगायत नाटकमा उनले काम गरे। २०७१ सालमा पछुतो नाटक गरेपछि भने घरायसी व्यस्तताले उनी रंगमञ्चबाट टाढिए।
अहिले टिकटकका माध्यमवाट उनीहरुले आफ्नो कलालाई निरन्तरता दिएका छन् । धेरैले उनीहरुको यो कला पनि मन पराएका छन् । आफुहरुको कला मनपराउँदा दम्पत्ती पनि दंग छन्। फाट्टफुट्ट नाटक सिकाएर मन बहलाए पनि उनीभित्रको अभिनय भोक मरेको थिएन। त्यसैले टिकटक अभिनय प्रस्तुत गर्ने अर्को रंगमञ्चजस्तो लाग्छ उनलाई। खुसी हुँदै भन्छन्, अहिले बल्ल मान्छेहरूले कलाको महत्व बुझ्न थाले। हामीलाई हाम्रो कामको सम्मान भएजस्तो महशुस भएको छ।
