‘द भ्वाइस अफ नेपाल ३’का प्रतिस्पर्धीहरुले गायनमा आफूलाई अगाडि बढाइरहेका छन् ।
यसैबीच, गायिका सुदिता राई र गायक विजय शंकरको स्वरमा समावेश ‘ओके छ त’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
युवायुवतीबीच हुने आकर्षणको विषयमा बोल्ने यो गीतमा विजय र शिशिर कोइरालाको शब्द र दीपकराज विश्वकर्माको संगीत छ ।
गोदावरीमा खिचिएको भिडियोमा उत्तम हुमागाईंको छायांकन र सिलन लम्सालको सम्पादन छ । भिडियोमा सुधीर श्रेष्ठ र सुनिशा बजगाईंले अभिनय गरेका छन् ।
मुनाल शिशिरको निर्देशनमा तयार भएको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।
