२०८४ TIAF USA International Award मा नेपालबाट तीन योग्य महिलामध्ये मिडिया सञ्चालिका आस्मा न्यौपानेलाई International Women’s Gloria Award बाट सम्मान गर्यो ।
उक्त अवार्ड पाएपछि हामीले आस्मासँग केही कुराकानी गरेका छौ ।
यसप्रकार छ आस्मासँग गरीएको कुराकानी :
• बधाई छ, आस्मा जी।
धन्यवाद।
• सुरुमा तपाईँलाई यो खबर कसरी आयो?
मलाई सिधै फोन आएको थियो। सुरुमा कसैले जिस्क्याएको हो कि भन्ने लाग्यो। त्यसपछि मैले गोकर्णका मेयरलाई फोन गरेर कार्यक्रमबारे बुझें। जब उहाँले ‘हो’ भन्नुभयो, त्यसपछि ढुक्क भएर ममीलाई लिएर कार्यक्रममा गएँ।
• कस्तो रह्यो यो क्षण?
रमाइलो। म नजिकै मेरि आमा, हातमा माइक अनि आमा अगाडि पायेको त्यो
सम्मान । टिम पनि मजाको थियो। अझै पनि फोन र म्यासेजहरू आउँछन्। सम्झिरहनुहुन्छ, खुसी लाग्छ। मैले जति सम्मान पाएँ, त्यति नै सम्मान मेरी ममीले पनि पाउनुभएको थियो।
• त्यो अवार्डमा मिडिया साथीभाइहरूको प्रतिक्रिया कस्तो आयो?
मलाई धेरै कलहरू आए। इन्टरभ्यूका लागि कल नै कल थियो। मसँगैको नोमिनी Astrology विधामा हुनुहुन्थ्यो। उहाँ जानुभयो। म भने स्पेसमै बस्न रुचाएँ।
साथीहरूको राम्रो फिडब्याक आयो। कसैले ‘कङ्ग्र्याचुलेसन’ भन्नुभयो, कसैले फोटो हालेर मीठो कम्प्लिमेन्टसहित ट्याग गर्नुभयो।
तिता मिठा १० प्रश्न
१. मिडियामा आउनु पनि सपना हुन्छ कसैको। तपाईँ यसलाई कसरी लिनुहुन्छ?
मेरो सपना त डाक्टर बन्नु थियो। कुनै बेला पाइलट बन्ने झोक पनि थियो। आफू सेतो एप्रोन लगाएर दुःखीहरूलाई सहयोग गर्नेछु भनेर हुर्किएको थिएँ। स्कुलमा पनि त्यसैमा ध्यान दिने विद्यार्थी थिएँ। बाहिरी क्रियाकलापमा रुचि थियो—कविता लेख्ने, स्कुलको एसेम्ब्लीमा बोल्ने। अहिले पनि लाग्छ, त्यति बेला म अगाडि आइहाल्ने कि, “आस्मालाई चिन्नुहुन्छ?” भनेर सोध्दा स्कुलका दाइभाइ, दिदीबहिनीहरूले अहिल्र पनि “अँ, चिन्छु” भन्नुहुन्छ होला। स्कुलका दिनहरू धेरै सुखद थिए।
स्कुलमा मिस नेपालजस्तै पेजेन्ट्सका आयोजकहरु आउनु भएको थियो।
यस्तो लद्वर म त्यति बेला आफ्नो प्रतिभा के हो भन्ने पनि थाहा थिएन। कार्यक्रमका लागि गीत गाउन भनियो, गाएँ। चयन भएपछि त संसार जितेजस्तो लाग्यो। दौडिँदै आमालाई सुनाउन गएकी थिएँ। त्यही बेला जिन्दगी प्रतिस्पर्धा हो भन्ने महसुस भयो।
कसरी कसरी टप १० मा पुगें, आफैंलाई अचम्म लाग्यो। त्यो पेजेन्ट्सको अनुभवले आफूलाई चिन्ने र निखार्ने मौका दियो। त्यहाँबाट फर्केर आएपछि जति आफूले आफूलाई चिन्यो, त्यति नै मान्छेहरूले चिने। माया गरे। त्यसपछि अरू पेजेन्ट्समा पनि भाग लिएँ। टप ५ हुँदै सेकेन्ड रनरअपसम्म पुगेँ।
त्यसपछि “ल, अब धेरै भयो। अब यो टाउकोमा झुण्ड्याउने क्राउनको पछि कति भाग्नु?” भन्ने महसुस भयो ।
पेजेन्ट्स यात्रा सुरु गरेपछि पत्रकारितामा पनि हात हालें। म कक्षा ११ मा थिएँ, जब मैले लेख लेख्न थालेँ। मेरो परिवार एकदमै कडा थियो। हजुरबुबा र आमाको अगाडि छोटो लुगा लगाउन पनि पाइँदैनथ्यो। पेजेन्ट्सपछि त मोडलिङका अफरहरू आउन थाले। ममा भने कमै स्थिर सुरुमा त सामान्य लुगा लगाएर घरबाट निस्किन्थेँ, झोलामा लुगा हाल्थेँ।
फोटोसुटको लागि लुगा चेन्ज गर्थेँ, घर फर्केर पुरानै लुगामा आउथे येसरि मेरो दिन चर्या बितथ्यो। तर घरमा एकदिन फोटो देखिएछ, गाली खानुपर्यो।
article लेख्दा हजुरबुबाले समेत चस्मा लगाएर पढ्नुहुन्थ्यो र “स्याबास!” भन्नुहुन्थ्यो भने फोटाे हाल्दा मैले सुन्नु परेको ती पल याद आउछन ।
२०१३ देखि मिडियामा ध्यान दिन थालेँ। मान्छेलाइ चिन्न थाले। अहिले म जहाँ छु, त्यहाँसम्म पुग्न मेहनतले नै पुर्यायो।
मिडिया लाइनको बारेमा जे भने पनि, आफू मेहनत गरेर आफ्नो बलमा चलेपछि यो सुनको खाडलजस्तै लाग्छ।
२. सहज त रहेनछ तपाईँको यात्रा?
अहँ, पटक्कै छैन। सुरुवातमा त मलाई ‘किन छोरी भएर जन्माएको?’ भन्ने प्रश्नले रुवाएको छ। नयाँ हुँदा परिवारको इज्जत जोगाउने जिम्मेवारी थियो। मबाट केही गल्ती हुन नदिनु भन्ने दबाब थियो।
एक रातको मूल्य कति लिन्छौं भनेर प्रस्तावहरु आउँथ्यो। भेटेपछि अङ्गालो हाल्छु भन्ने धम्की दिने निर्देशकहरूको अनुहार म बिर्सेकी छैन। मैले मात्र फिल गरेको हैन अस्ति मात्र एउटा interview हेरेको थिये सुरक्षा पन्त दिको उहाले नि आवज उठाउनु भाको रैछ । मलाइ त्यो हेरेछी धेरै नै हौसला मिलेको थियो।
तर, म दृढ थिएँ। आफ्नो तरिकाले मेहेनत गरेर, ढिला भए पनि, सफलताको शिखरमा पुग्छु भन्ने अठोट थियो।
३. साच्चै आस्मा हुनुहुन्थ्यो भने आज थाहा भयो, म आफैँ पनि तपाईँको आजबाट प्रशंसा गर्न चाहन्छु। पेजेन्ट्स हुँदै पत्रकारिता, टिभी र फिल्मी दुनियाँमा एउटा सेलरोटि बनाउनु भएको हो त?
धन्यवाद। म आफूलाई मेहनती मान्छु र मलाई मेहनत गर्ने व्यक्तिहरू पाए भने मैले केहि मद्दत गर्न सक्थें भन्ने लाग्छ। भगवानले मलाई धेरै राम्रो मानिसहरू पठाएका छन्। मैले नराम्रो मान्ने व्यक्तिहरू १० प्रतिशत भेटे होला, ९० प्रतिशत परिवारजस्तै मलाई हौसला दिने, माया गर्ने व्यक्तिहरूले जिन्दगी सजिलो बनाइदिएका छन्।
४. भविष्यमा के गर्ने सोच बनाउनु भएको छ?
एक हातमा मिडिया र अर्को हातमा मैले अध्ययन गरेका कोर्सहरूको संसारमा पनि भिज्न मन छ । डबल वेच्लर बिज्नेस र सामाजिक शिक्षा चारै बर्समा एकै पालि सकाये येता व्यस्त भये कता कता किताब हरुले नि बोलाइराछ लाग्ने ।
५. साँचै उच्च विचार के गर्न रुचि छ?
मैले यही रुचि राख्दछु, भविष्यमा जे हुन्छ, त्यसमा समायोजन गर्दै अघि बढ्नेछु। जे गर्छु, मिलाएर गर्नेछु।
६. अब विवाह कहिले गर्ने त? आस्मा नदेखिएको हुन त?
मलाई विवाह भनेको जेल जस्तो लाग्छ। जेलमा छिर्ने हतार छैन। एक दिन घरमा ममी नहुँदा पनि दिन कट्दैन। अफिसबाट ७ बजेपछि घर फर्कदा चुलो बल्दैन। यदि विवाह गरेर गए भने मेरो घर के हुन्छ र म आफैं के गर्छु?
मलाई चलाउने मान्छे चाहिन्छ, जबसम्म आफ्ना बुबाको रूपको केटा भेटिन्न, विवाह गर्दिन। बरु एक्लै बस्न चाहन्छु, आमा-बुबाको सेवा गरेर।
७. माया प्रेममा हुनुहुन्न? भोलि हेडलाइन ‘प्रेम विवाह आयो’ भने के गर्नुहुन्छ?
कुरकुच्छे उमेरमा त्यो विचार थियो, अहिले भने ढुक्क छु। सिर उठाएर हिँड्न सक्छु। बाच्न सास चाहिदो रहेछ केटा हैन लाग्छ कती एक्लो बसियो काम लाई माया गरियो ।
अहिले माया गर्न गाह्रो लाग्छ। म माया गर्नेछु, तर यदि मसँग मिल्ने मान्छे भेटिएन भने बरु मेरो दिन आउला भन्यो काम मा फोकस दियो।
म जसरि , उसले मलाई कुरेर बसिरहेको होला। एक दिन भेटिनेछ पक्कै पनि ।
८. कस्तो मान्छे चाहिन्छ आफ्नो पार्टनरको रूपमा?
मलाई माया गर्नु पर्ने मान्छे चाहिन्छ। मेरो परिवारलाई सम्मान र माया गर्ने मान्छे होस्। अरूसँग आदरका साथ व्यवहार गर्न जान्ने होस्।
धन नभए पनि, झुपडीमा बसे पनि, मसँग मन मिल्ने र असल भएको व्यक्ति नै साँचो साथी हुन्छ।
मैले सिन्डरेला जस्तै एक जोडी जुत्ताबाट राजकुमार आउनको आशा गरेको छैन।
९. आध्यात्मिकतामा पनि देखिनुहुन्छ। यसो उमेरमा त्यो भाव कसरि आयो?
म एकदम चुप लाग्ने मान्छे होइन। केही कुरा गर्दा जिन्दगी रोचक लाग्छ, नत्र बोरिङ लाग्न थाल्छ। मैले राजनीति पनि सिक्ने सोच राखेर स्वतन्त्र पार्टीमा गएँ। त्यहाँ एउटा भिन्न परिवार भेटेँ। सानै उमेरदेखि हजुरबुबा र आमा-बाट धर्म सिक्दै हुर्केकी थिएँ। बुबा-आमासँग पूजा गर्दा म हर्षित हुन्थे। त्यसपछि मैले आध्यात्मिकता सिक्नको लागि कोर्स गर्न थाले।
अहिले म टाढा यात्रा मात्र कतै निस्किम हजुर बुबा मेरो गोजि मा फुल हाल्दिनु हुन्छ मलाई त त्यो फुल बुबा आमाको कामनाले पनि धेरै कार्य मा मदत गरेको छ लाग्छ । अझ पनि मेरो इच्छा भनेको एक दिन बुबा र आमालाई लिएर धेरै धार्मिक स्थलमा जानु हो। त्यसपछि बल्ल मलाई लाग्नेछ, जीवन जितेको छु।
आशा छ भगवानले मेरो इच्छा पूरा गर्नेछन्।
१०. भविष्यमा राजनीति तिर लागेर नेता बन्नुहुन्छ भने?
थर्काउने कला र बोल्ने कला मसँग छ, तर म राजनीति चाहन्न। जे छ जिन्दगीमा प्रफुल्ल छु अझ् गर्दै जानेछु ।
