‘मिस इको इन्टरनेशनल नेपाल २०२२’की विजेता सोफिया भुजेल इजिप्ट पुगेकी छन् । अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्न उनी मंगलबार इजिप्ट पुगेकी हुन् ।
भुजेललाई ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगिताका लागि पठाएको हो । उनलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा ग्रिन आर्ट मिडियाकी प्रवन्ध निर्देशक तथा अन्तराष्ट्रिय कोरियोग्राफर अनिला श्रेष्ठ र सिइयो प्रविन लाकौल लगायतले बिदा गरेका थिए ।
६० बढी देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि भुजेल नेपालको एक्लो प्रतिनिधि हुन् । २६ वर्षिया भुजेलले प्रतियोगितामा नेपालका कल्चरल, सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताएकी छन् ।
मिस इको इन्टरनेशनल एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो ।
यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ ।
