काठमाडौं । गायिका समिक्षा अधिकारी बिस्तारै सामाजिक सञ्जालमा पुनः सक्रिय हुन थालेकी छिन् ।उनले पछिल्लो समय गीतहरु गाउन थालेकी छिन् भने सामाजिक संजालमा पनि खुशी भएका तस्बिरहरु पोष्ट गरिरहेकी छिन् ।
उनको सामाजीक सञ्जालका पोष्टहरुमा पल शाहको केसलाई लिएर दस लाख जस्ता अनेक चरीत्र ह त्या हुनेखालका नकारात्मक कमेन्टहरु आइरहेका हुन्छन् ।यसै विषयलाई अंकित गर्दै उनले ‘नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ’ भन्दै आफ्नो फेसबुकमा स्टाटस लेखेकी छिन् ।
उनको स्टाटसलाई नकारात्मक कमेन्ट गर्नेहरुका लागी चेतावनीको रुपमा लिन सकिन्छ l

उनको स्टाटस :
“मान्छेहरु हजारौँ वर्षदेखिको सामाजिक कमजोरीहरु देख्दैनन्, महिलामाथिको अन्याय र विभेद जान्दैनन्, एउटी नारीको चरित्रमा प्रश्न गर्छन् । आकाशमा उड्ने पन्छीलाई केहीबेरको हुस्सु र तुवाँलोले त्यति ठूलो फरक पार्दैन । नकारात्मक कमेन्ट जति गर्छौ गर, देशमा साइबर अपराधको कानुन पनि छ ।”
