अन्जली अधिकारी नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित मोडल हुन् । बोल माया गितबाट अत्यधिक चर्चामा आएकी उनी त्यस अघिपनि थुप्रै म्युजिक भिडियो गरिसकेकी थिइन् ।
अहिले उनी प्रेममा रहेको हल्लाका कारण चर्चामा आएकी छिन् । उनले सामाजिक संजालमा राखेक दूई तस्बिरका कारण दर्शकहरुले उनी प्रेममा रहेको अनुमान गरेका छन् ।

शनिबार फेसबुकको स्टोरीमा राखेको तस्बिरमा दुवै जना रोमान्टिक देखिएका छन् । जुन तस्बिर हेरेर उनीहरु प्रेमी प्रेमीका रहेको भन्दै धेरैले तस्बिर सेयर गरिरहेका छन् ।

ती युवकको विषयमा भने उनले केही कुरा खुलाएकी छैनन् ।
