बेरुत – राजधानी बेरुतमा भएको शक्तिशाली विष्फोटको अनुसन्धानका लागि बन्दरगाहका अधिकारीलाई नजरबन्दमा राखिएको लेबनान सरकारले जनाएको छ। बीबीसीका अनुसार केही अधिकारीलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको हो।
मंगलबार भएको विष्फोटमा १३५ जनाले ज्यान गुमाएका छन् भने ४ हजार बढी घाइते भएका छन्।
विष्फोट ६ वर्ष पहिलेदेखि भण्डारण गरी राखिएको २ हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ को गोदाममा भएको थियो। विष्फोटको कारण सोही पदार्थ असुरक्षित तवरले भण्डारण गर्नु भएको राष्ट्रपति माइकल इओनले बताएका छन्।
तैपनि यसको खास कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
विष्फोटपछि सरकारले दुई हप्ताका लागि संकटकाल घोषणा गरेको छ।
