काठमाडौं । इजरायली गुप्तचर निकायले गत वर्ष अक्टोबर ७ मा हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक बिपिन जोशीको नयाँ भिडियो फेला पारेको जेरुसेलम पोस्ट ले जनाएको छ। जेरुसेलमका अनुसार उक्त भिडियो बुधबार बेलुकी सार्वजनिक गरिने भएको हो।
Hostage Family Forum ले बुधबार बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गाजाबाट प्राप्त यो ‘प्रमाण–अफ–लाइफ’ ले बिपिन जोशी अझै जीवित छन् भन्ने अटल विश्वास दिलाएको छ।”
बिपिन जोशी अक्टोबर ७ को हमास आक्रमणअघि तीन हप्ता मात्र अघि इजरायल पुगेका थिए। उनी त्यहाँ कृषि शिक्षासम्बन्धी कार्यक्रमका लागि पुगेका थिए।
अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि उनी किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका हुन्, जहाँ अन्य नेपाली विद्यार्थीहरू पनि बस्दै आएका थिए।
जोशी परिवारले उक्त भिडियो सार्वजनिक हुन लाग्दा आफ्नो आशा र विश्वास अझ बलियो भएको प्रतिक्रिया दिएको छ।
