काठमाडौं । हामासले गाजामा ६० दिनको युद्धविराम प्रस्ताव स्वीकार गर्दै आफूसँग रहेका केही बन्दकलाई चरणबद्ध रूपमा रिहा गर्ने सहमति जनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पुष्टि गरेका छन्। हमासले बाँकी ५० इजरायली बन्धकमध्ये करिब आधा (२० जना) जीवित रहेको अनुमान गरेको छ र ती दुई चरणमा ६० दिनको प्रारम्भिक युद्धविरामको अवधिमा रिहा गर्नेछ।
यसैबीच स्थायी युद्धविरामका लागि वार्ता पनि हुने अपेक्षा गरिएको छ। प्रस्तावले इजरायली सेनाको अस्थायी फिर्ता र मानवीय सहयोग बढाउने व्यवस्था समावेश गरेको छ।
तर, इजरायलको प्रतिक्रिया अहिलेसम्म स्पष्ट छैन। गत हप्ता प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भनेका थिए कि सबै बन्धकहरू एकैचोटि रिहा नभएसम्म कुनै सम्झौता स्वीकार्ने छैन।
