काठमाडौं । कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलका शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियार रहेका छन् ।
लितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले परियारलाई हात्तिबनबाट नियन्त्रणमा लिइएको बताए ।
उनले सोही स्कुलमा अध्ययनरत १५ वर्षीया छात्रालाई आपत्तिजनक म्यासेज पठाएका थिए ।
छात्राकी दिदीका अनुसार आमाले शिक्षकसँग छोरीको आपत्तिजनक फोटो पनि भेटेकी थिइन् । त्यसपछि आमाले शिक्षकलाई बोलाएर सम्झाएको उनले बताइन् । तर, शिक्षकले पठाएका विभिन्न म्यासेजहरु मोबाइलमा देखेपछि परिवारजन आत्तिएका थिए । केही म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् ।
शिक्षकले ‘पिल्स खायौ ? पेट दुखेको छ कि छैन ? तातो पानी खाउ’ जस्ता म्यासेजहरु लेखेको खुलेको छ । शिक्षकले छात्रालाई चुम्बन गरेको, सँगै वियर पिएको, हुक्का तानेको टिकटक भिडियोहरु पनि भेटिएका छन् ।
परिवारले छोरीलाई यो विषयमा केही पनि नसोधिकन सिधै विद्यालयमा सप्रमाण खबर गरेका थिए । त्यसपछि प्रहरीले सम्वन्धित शिक्षकलाई विद्यालयबाट निश्कासन समेत गरेको छ ।
