स्याङजा – स्याङ्जामा सोमबार साँझ ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कन्ट्याक्ट ट्रेसिङ्का आधारमा परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो।
पुतलीबजार नगरपालिकाका ३६ वर्षीया महिला र ३० र ३६ वर्षीय पुरुष संक्रमित भएको गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी गराए। पुतलीबजार नगरपालिकामा बस्ने एक जोडीसहित एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको पुतलीबजार नगर स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिए।
उनका अनुसार कोरोना संक्रमित पुतलीबजार नगरपालिका १ स्थित भाडाको घरमा बस्दै आएका एक जोडी हुन् भने अर्का संक्रमित करेण्डाँडाको आइसोलसनमा कार्यरत सहयोगी कर्मचारी हुन्।
साउन ५ देखि ती कर्मचारी आइसोलेसनमा कार्यरत रहेकोमा १५ गते पीसीआर परीक्षण गर्दा पोजिटिभ देखिएको प्रमुख काफ्लेले बताए। योसँगै स्याङ्जामा संक्रमितको संख्या २ सय ७१ पुगेको छ भने १ सय ९२ जना निको भएर घर फर्केका छन्।
