मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृ,त्यु भएको छ। मृ,त्यु हुनेमा झापाको भद्रपुर नगरपालिका–९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरीले जनाएको छ ।
प्र,हरीका अनुसार मेची राजमार्गको चारआली-केचना सडक अन्तरगत भद्रपुर- ९ स्थित लक्ष्मी चोकमा बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको मोटरसाइकलले पैदलयात्री दीक्षालाई ठ,क्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गर्भवती दीक्षाको टाउको, दुवै हात र घुँडामा चो,ट लाग्नुका साथै पेटभित्रको बच्चाको धड्कन नचलेपछि ओम साई पाथीभरा हस्पिटल भद्रपुर लगिएको थियो ।
त्यहाँ उपचार सम्भाव नभएपछि थप उपचारका लागि राति नै लाइफलाइन अस्पताल दमक पठाएको थियो।
दमक पुर्याउन साथ उनको मृ,त्यु भएको थियो।
यता मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने चालक मेचीनगर नगरपालिका-१३ निवासी ३६ वर्षीय मनप्रसाद तिवारीलाई प्र,हरीले नियन्त्रणमा लिएको जिल्ला प्र,हरी कार्यालय झापाले जनाएको छ।
