पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७, चरौदी नजिकै भएको यात्रुवाहक बस दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई त्रिशूली नदी किनारमा खसेको हो ।
दुर्घटनामा ११ पुरुष र ६ महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । ४४ जना सवार रहेको उक्त बसमा रहेका अन्य २६ जना घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको छ ।

