पोखराकाे पृथ्वी चोकमा बसकाे ठक्करबाट स्कुटर चालककाे ज्यान गएकाे छ । आज बिहीवार दिउँसाे पृथ्वी चाेककाे चाइना पुलमा बसले स्कुटरलाई ठक्कर दिँदा पोखरा महानगरपालिका २६ बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो ।
बुद्ध चोकबाट पृथ्वी चोक आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले त्यही दिशाबाट आउँदै गरेको ग १५ प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका क्रममा ज्यान गएकाे कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयाे ।
दुर्घटनापछि बस चालक लमजुङका ३१ वर्षीय सुनिल नेपालीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ । फाइल फोटो
