बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम बर्सिनिमा अवस्थित कलालिङ्ग मन्दिरमा श्रमदानबाट भौतिक संरचना निर्माण काम भईरहेको छ । मन्दिरमा रहेका केही पुरानो संरचना जिर्ण बनेपछी जिर्णोद्वार र केही नयाँ संरचना थप्ने काम स्थानियहरुकै अग्रसरतामा थालिएको र अहिले धमाधम काम भईरहेको समाजसेवी अगुवा तेज बहादुर भण्डारीले बताए ।
अहिले दैनिक २५ देखि ३० जना कामदारले काम गरिरहेका छन् । मन्दिरमा खानेपानी, शौचालय, स्तान गृह, घेर प्रखाल र प्रवेशद्वार लगायतका संरचनाहरु निर्माणको काम भईरहेको छ । यस्तै मन्दिरको बिच प्रांगणमा सबै चिज पक्की हुनेगरी सानो मन्दिर पनि बनाईदै छ । उक्त कार्यका लागि अहिले देश, बिदेशमा रहेका सहयोगी हातहरुले भेटी स्वरुप सहयोग गरिरहेका छन् ।
अहिलेसम्म ७ लाख ५० हजार जति संकलन भईसकेको छ । अझै पनि काम सम्पन्न गर्नका लागि आर्थिक अभाव देखिने भएकाले सबैमा सक्दो सहयोग गर्न आग्रह गरिएको छ । सहयोग गर्न चाहनेहरुले उक्त कार्यका अगुवा तेज बहादुरी भण्डारीको ग्लोबल आईएमैइ बैंकमा रहेको खाता नम्बर २०१०७०१०००७०९४ मा सहयोग गर्न सक्नु हुनेछ । महारुद्र पुत्र कलालिङ्ग रिमका पञ्चदेवताहरुमध्येकै एक शक्तिशाली देउताका रुपमा चिनिन्छ ।
