अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह बुधबार बिहान जापान प्रस्थान गरेकी छिन् ।
नेपाल एयरलाइन्सको विमानबाट टोकियोतर्फ लागेकि शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिडन ट्रेजरका प्रतिनिधिले शुभकामनासहित बिदाइ गरेका थिय ।
टोकियोतर्फ उड्नुअघि विमानस्थलमा कुरा गर्दै शाहले जितको आत्मविश्वास लिएर आफू जान लागेको बताइन् । उनले भनिन् ‘उपाधिका लागि आफ्नो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्नेछु,’, ‘नेपालको सानलाई अन्तर्राष्ट्रिय मञ्चमा कायम राख्नेतर्फ मेरो पूर्ण प्रयत्न हुनेछ ।’
कात्तिक ९ गते ९अक्टोबर २६० टोकियोमा मिस इन्टरनेशन आयोजना हुँदै छ । मिस इन्टरनेशनलमा ७४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।
