अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् । ती विद्यार्थीहरुको अध्ययनपछिको भिसा अवधि पनि थप हुने भएको छ ।
शिक्षा मन्त्रालयको नयाँ नीति अनुसार हप्ताको २० घण्टा कामको सिलिङ बढाउँदै ४८ घण्टा पुर्याइएको शिक्षा मन्त्रालयको वेभसाइटमा उल्लेख छ । यो नियम जुलाई १ बाट प्रारम्भ हुनेछ ।
यस्तै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले स्नातक वा स्नातकोत्तर सकेपछि पूर्णरूपमा काम गर्न पाउनेगरी प्राप्त गर्ने भिसाको समयलाई अष्ट्रेलियाले थप गर्ने भएको छ ।
हाल विद्यार्थीहरूले पढाइ सकेपछि २ वर्षका लागि प्राप्त गर्ने भिसाको समयावधि अब बढाउन लागिएको हो ।
