काठमाडौं । २०७४ सालदेखी संरचना निर्माणको काम सुरु भएको गेटा मेडिकल कलेजका संरचनाहरु निर्माण सम्पन्न भएका छन् । २०६६ सालदेखी कैलालीको गेटामा मेडिकल कलेज स्थापना गर्ने घोषणा भएपनि त्यसको झण्डै ८ बर्षपछि मात्रै संरचना निर्माणका कामहरु अघी बढाइएको थिए ।
राज्यको ७ अर्ब लगानीमा गेटामा अहिले २८ वटा सुविधा सम्पन्न भौतिक संरचना निर्माण भएका छन् । गेटामा बनेका संरचनाहरु हेर्दा त्यहाँ मेडिकल कलेज संञ्चालन गरेपनि हुन्छ, विश्व विद्यालय संञ्चालन गर्दा पनि हुन्छ । छ सय शैयाको अस्पताल संञ्चालन र मेडिकल शिक्षा पढाउन मिल्ने संरचनाहरु दुई बर्ष पहिले नै निर्माण सम्पन्न भएका छन् । तर राज्य विश्व विद्यालय, मेडिकल कलेज वा अरु कुनै सञ्चालन गर्ने आफै अन्योल जस्तो देखिन्छ । गेटामा अर्बौ रकम खर्च गरेर सुविधा सम्पन्न संरचना निर्माण भएको भएपनि राज्यको बेवास्थाका कारण संरचनाहरु प्रयोगविहीन बनेका छन् ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन छ । यो विधेयक पारित नहुँदा सञ्चालन थप जटिलता देखिन्छ । यति ठूलो लगानीलाई समयमै सदुपयोग गर्न नसकेपनि सरकारी उच्च पदस्थ अधिकारीको अनुगमनको थलो भने, गेटा बनेको छ । राज्यको उदासिनता र ढिलाइका कारण अहिले धनगढी पुग्ने जो कोही नेता एक पटक अनुगन गर्नकै लागी भएपनि गेटा पुग्ने गरेका छन् । अनुगमनका लागी सवै तहका नेताहरु त्यहाँ पुगेपनि गेटामा मेडिकल कलेज वा विश्वविद्यालय के संञ्चालन गर्ने भन्ने विषयले टुङ्गोमा पुगेको छैन् ।
प्रधानमन्त्री देखि दलका नेतासम्म, मन्त्रीदेखि मन्त्रालयका बिशिष्ठ कर्मचारीसम्मले गेटाको अनुगमन गरेको र आश्वासन दिएर फर्किएको रेकर्ड छ । त्यही सूचीमा थपिए वर्तमान ओली सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल । मन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम पुगेका मन्त्री पौडेलले आफु मातहतको संरचनाको अनुगमन नगर्ने कुरै भएन् । लामलस्कारका साथ मन्त्री पौडेलले पनि अर्वौ लगानीका संरचनाको अनुगमन गरे । संरचना देख्दा हौसियपनि । तर सञ्चालन अवस्था बारे खुलेरै बोल्न सकेनन् ।
अनुगमनका लागि गेटा पुगेका मन्त्री पौडेलले अहिले संञ्चालन भइरहेको ५० शैयाको अस्पताललाई व्यवस्थित गर्नका लागी मन्त्रालयबाट पुर्ण सहयोग रहने समेत बताए । ‘चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पतालको सञ्चालन प्रक्रिया सुरु हुने वित्तिकै एमबीबीएसको पढाई गर्न सकिन्छ । राज्यले विशेष निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ,’ उनले भने ।’
हाल नेपालभर सरकारी र निजी गरि २५ बढी मेडिकल कलेज छन् । सुदूरपश्चिम बाहेक सबै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज छ । सुदूरपश्चिमवासी भने कुनै गम्भीर रोग लाग्दा उपचार गराउन भारतको लखनउ, नयाँदिल्ली लगायतका अस्पताल जान बाध्य छन् । सुदुरपश्चिमका जनताहरुका लागि सुलभ उपचार र प्रदेशमा नै चिकित्सा शिक्षा अध्यापन गराउनका लागी सरकारले तत्काल संसदमा विचारधिन रहेको विद्येयक पारित गरी गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय संञ्चालनका बाटो खोल्नु पर्ने गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय संञ्चालन संघर्ष समितीका संयोजक लोकराज लोकराज जोशीले बताए ।
शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरूको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा छ । सेती प्रादेशीक अस्पतालमा दैनिक १४ सय बिरामीको घुइँचो भइरहेका बेला गेटामा जनशक्ति नभएका कारण दैनिक १५/२० जना बिरामी मात्रै आउने गरेका छन् ।
विद्येयक विचाराधिन हुदाँ अनुगमन गर्ने थलो बन्दै ‘गेटा’
विद्येयक विचाराधिन हुदाँ अनुगमन गर्ने थलो बन्दै ‘गेटा’
तपाईको प्रतिक्रिया
